Logo
३ मंसिर २०८१, सोमबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसविरुद्ध विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिंदै

बर्तमान समयमा विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्नको लागि बैज्ञानिकहरुले औषधी पत्ता लगाउन धेरै प्रयास गरिरहेका थिए सोहि क्रममा विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ ।

बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेशनल इन्स्टिच्युड अफ हेल्थले संयुक्त रुपमा खोप उत्पादन गरेका हुन् । परीक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ ।

खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।

परीक्षण गर्न लागिएको खोपमा भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन् । अहिले परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्