Logo
७ माघ २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं-पोखराको रुटमा बसभन्दा हवाई टिकट सस्तो

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण १४५ भन्दा बढी देशमा फैलिएपछि त्यसको असर नेपालको मुख्य केन्द्र बिन्दु पोखरामा देखिएको छ । जसले गर्दा काठमाडौं– पोखरा रुटमा उडान हुने विमान कम्पनीले हवाई भाडा सस्तो बनाएका छन् ।

यतिसम्म कि काठमाडौं–पोखरा रुटमा चल्ने लक्जरी बसभन्दा हवाई भाडा सस्तो भएको छ । कोरोना भाइरसका कारण यात्रुको संख्यामा उल्लेख्य कमी आएपछि विमान कम्पनीहरुले सस्ता दरमा टिकट बिक्री गरिरहेका हुन् । चैत २ गतेको मात्रै टिकट हेर्ने हो भने पोखराका लागि १७२० रुपैयाँदेखि २ हजार रुपैयाँमा सस्तो दरका टिकट उपलब्ध भइरहेका छन् ।

यो रुटमा चल्ने लक्जरीले २ हजार रुपैयाँसम्म टिकट वापत पैसा लिन्छन् । तर विमान कम्पनीहरुले १७ सयदेखि नै टिकट बिक्री गर्न थालेका छन् । बसमा यात्रा गर्दा एकातिर दिनभरी समय लाग्ने तर हवाई यात्रामा २५ मिनेटको दूरीमा तय गर्न सकिने यो रुटमा यात्रुको संख्यामा कमी आउँदा पोखरामा पर्यटक व्यवसायमा नराम्रो असर परेको छ ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्