Logo
३ मंसिर २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा पनि कोरोना संक्रमितको संख्या ४२८ पुग्यो

कोलालम्पुर : मलेसिया नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट १९० जना नयाँ संक्रमित भेटिएको बताइएको छ ।

एक धार्मिक कार्यक्रमका लागि मस्जिदमा उपस्थित १० हजारभन्दा बढी मानिसहरु उपस्थित रहेकाहरु संक्रमित भएको पाइएको आइबार जनाइएको छ ।

मलेसियन स्वास्थ्य अधिकारीका अनुसार उक्त धार्मिक कार्यक्रममा फेब्रुअरी २७ देखि मार्च १ सम्म करिब १६ हजार मानिसहरु उपस्थित भएका थिए । जसमा १४ हजार पाँच सय मलेसियन रहेको बताइएको छ ।

मलेसियामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त धार्मिक कार्यक्रममा सहभागी भएका र उनीहरुसँग नजिक रहेकालाई १४ दिनको अनिवार्य क्वारेन्टाइनमा रहन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्