कोरोनाको कारण नेपाली सेना र नेपाल प्रहरीको शान्ति मिसन प्रभावित
काठमाडौं : विश्वभरि फैलिएको कोरोना भाइरसको कारण नेपाली सेना र नेपाल प्रहरी को यूएन शान्ती मिसन प्रभावित बनेको छ ।
संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारी रोकिएका छन् ।
कोरोनाका कारण मिसनमा आउने टोलीलाई यूएनले नपठाउन आग्रह गरेपछि अन्तिम समयमा शान्ति सेनामा खटिने अधिकृत नेपालमै रोकिएका हुन् ।
दक्षिण सुडान नै जाने पालोमा रहेका नेपाल प्रहरीका १८ अधिकृत पनि रोकिएका छन् । तयारी भइरहेकै बेला संयुक्त राष्ट्र संघबाट कोरोनाका कारण देखाउँदै रोकिएको जानकारी आएको छ ।
यसअघि मिसनमा रहेर फर्किने तयारीमा रहेका अधिकृत पनि उतै अड्किएका छन् ।