Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘४ सय ६४ जनामा कोरोना परीक्षण, एकजना पनि संक्रमित छैनन्’

सरकारले नेपालमा हाल कोरोनाभाइरसबाट संक्रमित एकजना पनि नरहेको दाबी गरेको छ ।

४ सय ६४ जनाको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट नआएको (संक्रमण नदेखिएको) सरकारले स्पष्ट पारेको छ ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्षसँग समय लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिले संक्रमित व्यक्ति नरहेको जानकारी गराएका हुन् ।

कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइरहेको उनले बताए ।

मन्त्री ढकालले ४३ स्थानमा चेकजाँच गरेर कोरोना नेपाल भित्रिन नदिन सजगता अपनाइएको बताए ।

छिमेकी राष्ट्रसँग जोडिएका १२८ स्थानीय तहलाई २१ बुँदे निर्देशन दिएर सावधानी अपनाइएको जानकारी दिए ।

उपप्रधान एवं रक्षामन्त्री नेतृत्वमा ८ जना मन्त्री सम्मिलित उच्चस्तरीय समितिको बैठक १ दिन बिराएर बस्ने गरेको उनले जानकारी दिए ।

कूटनीतिक बाहेकका भिसा वैशाख १८ गतेसम्मका लागि स्थगित गरेको स्वास्थ्यमन्त्री ढकालले बताए ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्