Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं डाकियो

कोभिड-१९ विरुद्ध कार्ययोजना तय गर्न आज सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइपुग्दै छन्। विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग बैठक तय गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

‘सबै प्रदेशमा अहिलेसम्म भइरहेका काम र अबको रणनीतिबारे छलफल केन्द्रित हुनेछ,’ ढकालले भने। मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र तिनका प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्दैछ।

त्यस्तै प्रदेशस्तरमा गरिएका पूर्वतयारीका कामबारे पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्ने बताइएको छ। यसअघि २९ फागुनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन १९ वटा निर्णय गरेको थियो।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्