Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदैछ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । चिकित्सकहरु बिहानैदेखि तयारी अवस्थामा थिए ।

शिक्षण अस्पतालका निर्देशक, चिकित्सक तथा कर्मचारीहरु तीन घण्टा भन्दा लामो समयदेखि प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आउने प्रतिक्षामा बसे । बिहान साढे १० बजेतिर मात्रै प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले नियमित निगरानी गरिरहेका छन् ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्