एलायन्स नेपालद्वारा बिधालय र मदरसामा काेराेना भाइरस बिरुद्ध सचेतना कार्यक्रम
प्रदेश १ स्थित सुनसरीकाे हरिनगर गाउँपालिका अन्तर्गत भुटाहा र घुस्कीमा एलायन्स नेपालद्वारा काेराेना भाइरस बिरुद्ध सचेतना कार्यक्रम शुरु गरिएकाे छ।
भुटाहामा रहेको श्री बाल कृष्ण माध्यमिक विद्यालय र घुस्कीमा रहेको कास्मिया मदरसाका विद्यार्थीहरुलाई काेराेना भाइरस बाट बच्ने उपाय सम्बन्धि प्रचा पम्पलेट वितरण गरि यस काेराेनाबनट बचने विद्यार्थीहरुलाई सचेतना गराएको थियो । टाेलटाेलमा गई माईकिङ गरि काेराेना भाईरसबाट बच्ने उपायहरु सम्बन्धि जानकारी गराईएकाे हाे।
एलायन्स नेपाल संस्थाकाे अायाेजना र स्मार्ट २४ न्यूजकाे सहयाेमा काेराेना भाईरसबाट बचने सचेतना कार्यक्रम शुरु गरिएको हाे । याे कार्यक्रम सुनसरीकाे सिमावर्ती हरिनगर , देवानगंज , भोक्राहा नरसिंह गाउँपालिकामा समेत हरेक विद्यालय, मदरसा र टाेलटाेलमा काेराेना भाइरस बाट बच्ने उपाय सम्बन्धि सचेतना कार्यक्रम गर्ने एलायन्स नेपालका अध्यक्ष नईम अन्सारीले बताए ।
टाेलटाेलमा गई काेराेना भाईरसबाट बच्ने उपायहरु सम्बन्धि जानकारी गराउने उहाँकाे उद्देश्य रहेको छ। काेराेनाबाट बचने उपायहरू अपनाउनु पार्ने साबुन पानीले हात थुने ,भिडभाडँ नजाने ,हात नमिलाउने ,मुखमा माक्स लगाउने लगायत काे नारालाई टाेलटाेलमा गई जानकारी गराउने अन्सारीले बताए ।