बाँस्कोटाद्वारा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितताको मुद्दा अब अख्तियारले हेर्ने
काठमाडौँ : सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदमा अनियमितताको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने भएको छ । शुक्रबार बसेको समितिको बैठकले उक्त विषय छानविनका लागि अख्तियारमा पठाउने निर्णय गरेको हो ।
शुक्रबार नै समितिले यस विषयमा अनुसन्धान गर्न अख्तियारलाई पत्रसमेत पठाएको छ । बैठकले प्रिन्टिङ्ग प्रेसको अनियमितताको अनुसन्धानसँगै अन्य तीन मुद्दाहरु समेत छलफल गर्ने निर्णय गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अनियमितताको अडियो टेप सार्वजनिक भएसँगै विवादित बनेको मुद्दामाथि लेखा समितिले यस्तो निर्णय गरेको हो ।
प्रिन्टिङ्ग प्रेसको मुद्दासँगै जोडिएर आएका सार्वजनिक गरिद प्रक्रिया तथा जीटुजी (सरकार र सरकार बीच) को खरिद प्रक्रियाको सम्बन्धमा समेत छलफल हुने भएको छ ।
यसका लागि समितिले केहि दिन भित्रै सम्बन्धी मन्त्रालयका सचिवसहित मन्त्रीलाई राखेर छलफल गर्ने भएको छ ।