Logo
७ माघ २०८१, सोमबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको प्रभाव : यात्रुको संख्यामा कमी आएपछि उडान कटौती गर्दै निगम

काठमाडौं : नेपाल वायुसेवा निगमले कोरोना भाइरसका कारण यात्रुको संख्यामा कमी आएपछि आफ्नो उडान कटौती गर्दै आएको छ । निगमले दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं-दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गर्ने भएको छ ।

अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ ।बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्म स्थगित गरेको छ ।

यस्तै बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको निगमले जनाएको छ । काठमाडौं दोहा बीचको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभए सम्मका लागि यसअघि नै स्थगित गरिसकेको छ ।

उडानका टिकट खरिद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले जनाएको छ । उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरेको पनि निगमले जनाएको छ ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्