Logo
३ मंसिर २०८१, सोमबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको विश्वव्यापी त्रासबीच सगरमाथा आरोहरण वैशाख १८ सम्म बन्द

विश्वव्यापी कोरोना भाइरसको संक्रमणका कारण सरकारले वैशाखको दोस्रो हप्तासम्म सगरमाथा आरोहरण बन्द गरेको छ । सरकारले सूचना जारी गरी भोलिबाट लागू हुने गरी वैशाख १८ सम्मका लागि आरोहरण बन्द गरेको हो ।

सरकारले पर्यटक भीसा ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेकाले सगरमाथा आरोहरण पनि सोही मितसम्मका लागि बन्द गर्ने निर्णय लिएको हो । यसबाट यो वसन्त ऋतुमा सगरमाथा आरोहण नहुने अवस्था बनेको छ ।

नेपालले सगरमाथा आरोहरणबाट पूत्येक वर्ष ४० लाख डलर आम्दानी गर्दै आएको छ । सगरमाथा आरोहरणका लागि प्रत्येक आरोहणकर्ताले ११ हजार डलर बुझाउनुपर्छ ।

यसबाहेक पर्यटनमा सगरमाथा आरोहरणको अप्रत्यक्ष प्रत्यक्ष ठूलो आम्दानी हुनेगरेको छ । सगरमाथा आरोहरणमा सबैभन्दा बढी अमेरिका, भारत, चीन, बेलायत, जापान र दक्षिण कोरियाका नागरिक आउने गर्छन् ।

यी देशहरुमा कोरोना भाइरसको संक्रमण बढी रहेको छ । चीनले यसअघि नै सगरमाथा आरोहरण बन्द गरिसकेको छ । कोरोना भाइरसको संक्रमण चीनबाट शुरु भएको हो ।

गतवर्ष सगरमाथा आरोहणका क्रममा जाम भएको दृश्य भाइरल भएको थियो । सगरमाथा आरोहणका लागि वर्षेनी संख्या बढ्दा नेपाल सरकारले आम्दानीसँगै आलोचना पनि खेपेको थियो । अब यसवर्ष त्यस्तो नहुने भएको छ ।

 

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्