Logo
३ मंसिर २०८१, सोमबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई राष्ट्रियसभामा नलगे ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्ने तयारी

दुई तिहाई बहुमत प्राप्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने वा  नगर्ने भन्ने कुरा अझै टुँगो लागेको छैन् ।

वामदेवलाई राष्ट्रियसभामा लैजाने वा नलैजाने भन्नेबारे अब बल प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कोर्टमा छ ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि वामदेवलाई राष्टियसभामा लैजाने निर्णय कार्यान्वयन नभए प्रधानमन्त्रीबाट नै ओलीलाई विस्थापित् गर्नेबारे अध्यक्ष दाहालले तयारी गरेका छन् ।

नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिश गरेको छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णय मान्न आफू बाध्यकारी नभएको भन्दै सचिवालयलाई नै चूनौति दिएका छन् ।

९ सदस्यीय सचिवालयका ७ जनाको मत अझैपनि वामदेवलाई नै लैजानुपर्नेमा एक छ । तर, ओलीको पक्षमा अहिलेसम्म ईश्वर पोखरेलमात्रै देखिएका छन् ।

नेकपाभित्र यो विषय निकै चर्चाको शिखरमा पुगेको थियो । एकथरीले अध्यक्ष ओलीले सचिवालयको बहुमतले गरेको निर्णय मान्दिन् भन्नु अलोकतान्त्रिक भएको तर्क समेत गरेका छन् ।

यसको लागि दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापाबीच छलफल भएको छ । पछिल्लो समय नेता गौतमको निवास भैंसेपाटीमा भएको भेटवार्ताले ओलीविरुद्ध शक्तिशाली मोर्चाबन्दी भएको छ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्