कोरोनाबाट बच्न प्रदेश १ मा निःशुल्क मास्क वितरण
कारोना भाइरसबाट बच्न तथा सरसफाइमा ध्यान दिने तरिका सिकाउन प्रदेश १ स्थित सुनसरीको इटहरीमा निःशुल्क मास्क वितरण गरिएको छ ।
आज दिउँसो दुइ बजेबाट इटहरीको पश्चिम लाइनमा मास्क वितरण गरिएको हो ।
बजारमा मास्कको अभाव भएको गुनासो आएपछि ४०० जनालाई निःशुल्क मास्क वितरण गरिएको र हात धुन सेनिटाइजर प्रयोग सिकाइएको घिमिरेले बताए ।
इटहरी ६ को सिद्धिसाहि सर्जिकलका सञ्चालक विक्रम घिमिरेको अगुवाइमा भएको मास्क तथा सेनिटाइजर वितरणले कोरोनाबाट बच्न आवश्यक सफाइका ६ स्टेपहरु समेत सिकाइएको थियो ।