Logo
३ मंसिर २०८१, सोमबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न संसदमा प्रस्ताव दर्ता

काठमाडौं : प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न भन्दै प्रतिनिधिसभा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रदेश २ मा पहलकदमीको अभावमा एउटा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हुन नसकेको र देशमा समान विकासका लागि प्रदेश २ मा विशेष अनुदान प्याकेज लागु गर्नेपर्ने आवश्यक्ता देखिएको भन्दै प्रस्ताव दर्ता गरिएको हो ।

जातीय विभेद, गरिबी तथा पछौटेपनको रोगबाट आक्रान्त प्रदेश २ का नागरिकले मुक्ति पाउन नसकेको भन्दै सो प्रदेशका नागरिकको आयु वृद्धिका लागि आधारभूत स्वास्थ्य, शिक्षा र रोजगारी बढाउन पहल गर्नुपर्ने भन्दै प्रस्तावमाथि छलफल गर्नुपर्ने बताइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहको प्रस्तावक रहेको सो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश सिंह, समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण समर्थक छन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्