Logo
४ आश्विन २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुर्सीको खाेल देखाउँदै सांसदले भनिन् -‘सदनभित्रै कोरोनाको संक्रमण छ’ !

संसदको बैठक कक्षमा नै कोरोना भाइरसको संक्रमण रहेको भन्दै एक सांसदले सरकारको ध्यानाकर्षण गराएकी छन् । सांसद रेणु यादवले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणको खतरा बढ्दै गएको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले कोरोनाको संक्रमणबाट बच्न बारम्बार हात धुनु भनेर सरकारले विज्ञापनमात्र गरिरहेको भन्दै सांसद बस्ने कुर्सीमा लगाइएका खोल फोहोर हुँदा सफाइमा ध्यान नदिएको आरोप लगाइन् ।

आफू बस्ने कुर्सीको खोल देखाउँदै उनले भनिन्, ‘सदनभित्रै यस्तो फोहोर छ, यसलाई छोएपछि बारम्बार हात धुन कहाँ जाने ?’

उनले कोरोना संक्रमण भित्रिन नदिन सरकारले सतर्कता नअपनाएको आरोपसमेत लगाइन् । उनले भारत लगायत सम्पूर्ण देशले आफ्नो सुरक्षाका लागि संयन्त्र तयार पारिरहेको अवस्थामा नेपाल सरकार भने विज्ञापन र भाषणमा मात्र केन्द्रित भएको बताइन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्