Logo
४ आश्विन २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सार्वजनिक ऋण ११ खर्ब पुग्यो, प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार ऋण

प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पुगेको छ । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेसँगै नेपालीले तिर्नुपर्ने ऋण पनि बढेको हो ।

अर्थ मन्त्रालयकाअनुसार नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई आजको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा त्यति ऋण पर्न आएको हो ।

नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्