प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला डिस्चार्ज
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौला ज्ञवाली अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार शिक्षण अस्पताल भर्ना भएकी संग्रौलालाई बुधवार डिस्चार्ज गरिएको हो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले समीक्षा डिस्चार्ज भएको जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना ।”