Logo
३ मंसिर २०८१, सोमबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जनतामा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ छैन’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन् ।

लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले बृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको उनले बताए ।

उनले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताए ।

लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तिमा पनि ३ दिनदेखि हप्ता दिनसम्म बस्ने वातावरण भएमा त्यहाँका स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने उनले बताए ।

त्यस्तै लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने समेत मन्त्री भटट्राई बताए ।

मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा बृद्धी गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताए । लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरु आफुले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्