Logo
३ मंसिर २०८१, सोमबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा फुटका कारण कांग्रेस र कम्युनिस्टले फाइदा लिए : नेता लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले राप्रपा फुटका कारण कांग्रेस र कम्युनिस्टले फाइदा लिएको बताएका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकीकरण घोषणामा बोल्दै नेता लिङ्देनले सो कुरा बताएका हुन् ।  सोही क्रममा उनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गर्दै नेताहरुकै स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताए ।

अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको पनि लिङ्देनले बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्ने र पार्टी बाहिर रहेर नेताहरुबाट आशा गर्नेहरुलाई धोका दिने काम नगर्नुस्’ उनले भने ‘अब पनि धोका दिने हो भने देश र धर्मलाई धोका दिनु हो । ’

नेता लिङ्देनले अब यस्तो मौका फेरि नआउने भन्दै नेताहरुले सानो सानो कुरामा भलगडा नगर्ने र चित्त दुखाउँदैनौं भनेर प्रतिवद्धता जनाउनुपर्ने बताए ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्