जनकपुरबाट रेल चलाउन एकजनाले पनि दिएन दरखास्त, नेपालमा रेल सेवा अझै अनिश्चित
जनकपुर-जयनगर रेल सेवा सञ्चालन अनिश्चित बनेको छ । रेल सेवा सञ्चालन गर्न झण्डै एक महिना अघि रेल्वे कम्पनीले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको थियो ।
तर रेल्वे कम्पनीले माग गरेको प्रक्रिया अनुसार एकजनाले पनि दरखास्त दिएको छैन । रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।
आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।
विभागका महानिर्देशक बलराम मिश्रले जयनगर-जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए ।
उनले अब ग्लोबल विज्ञापन गर्ने तयारी भइरहेको बताए ।