पोखरामा ७१ चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखियो
पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट आएका ७१ चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको छ ।
चीन सरकारले दिएको स्वास्थ्य प्रमाणपत्र भए पनि नेपाली कामदारको माग र स्वयंको चाहनापछि क्वारेन्टाइनमा राखिएको हो ।
विमानस्थलमा खटिएका नेपाली र चिनियाँमा कुनै समस्या देखिएको छैन,’ आयोजना प्रमुख विनेश मुनकर्मीले भने, ‘उनीहरूलाई १० देखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भनेका छौं ।’
विमानस्थलमा साढे दुई सय चिनियाँ कामदार रहेकामा केही नयाँ वर्ष मनाउन चीन गएका थिए ।
हाल १ सय ९० चिनियाँ कामदारले विमानस्थलमा काम गरिरहेका छन् । उनीहरू गत साता चीनबाट पोखरा आएलगत्तै क्वारेन्टाइनमा राखिएको हो । ‘