Logo
३ मंसिर २०८१, सोमबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपालमा औषधि ६ महिना र पेट्रोलियन पदार्थ ३ महिनालाई पुग्ने छ, अहिले नै नथुपार्नुस् ’

कोरोना भाइरसको संत्रास फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा धेरै औषधि र ग्यास खरिद गरेको भन्दै सरकारले त्यसो नगर्न आग्रह गरेको छ ।

सरकारले दैनिक उपभोग्य वस्तुको भारतबाट सहज रूपमा आपूर्ति भएको र औषधिको स्टक पनि छ महिनासम्म रहेकाले घरघरमा नथुपार्न आग्रह गरेको हो ।

मंगलबार बसेको उच्च स्तरीय समितिको बैठकमा ग्यास, औषधिलगायत उपभोग्य वस्तुको स्टकबारे छलफल भएको थियो। औषधि छ महिना र पेट्रोलियन पदार्थ तीन महिनालाई पुग्ने छ अर्थमन्त्री युवराज खतिवडाले बैठकपछि भने, अहिले दक्षिणबाट आउने व्यापारमा कुनै अवरोध छैन।

कोरोनाभाइरसको संक्रमण देखिएपछि भारतले केही औषधि निर्यातमा रोक लगाएको थियो। बैठकमा औषधिको निर्यात प्रतिबन्ध फुकुवा गर्न कूटनीतिक पहल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

व्यवसायीहरूले छ महिनासम्म औषधि पुग्ने छ भन्नुभएको छ तर केही औषधि आयातमा समस्या रहेकोमा सरकारले त्यसको पनि कूटनीतिक हल खोज्छ, मन्त्री खतिवडाले भने।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्