Logo
८ माघ २०८१, मंगलबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ देशका नागरिकलाई अन-अराइभल भिसा दिन बन्द, कतारको लागि श्रम स्वीकृति पनि रोकियो

८ देशका नागरिकलाई अन-अराइभल भिसा दिन बन्द गरेको छ।

अध्यागमन विभागका अनुसार अघिल्लो साता चीन तथा चीन-प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई नेपाल प्रवेशका लागि यो बन्देज लगाइएकामा आजदेखि यसमा तीन देश- स्पेन, फ्रान्स र जर्मनी पनि थपिएकाे हाे।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिकन आउने उनीहरूलाई विमानस्थल वा अन्य सीमा नाकाबाट अन-अराइभल भिसा दिइने छैन।
अब उल्लिखित ८ देशका नागरिकले नेपाल आउनुपर्ने भए कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ।

यसअघि नेपालले १३ देशका नागरिकबाहेक सबैलाई त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सीमा नाकामै ‘अन-अराइभल’ भिसा दिइरहेको थियो।

पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान छ।

यसैबिच, वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो ।

विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने प्रवक्ता भोलानाथ गुरागाई‌ंले बताए ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्