Logo
८ माघ २०८१, मंगलबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेलयुद्धले विश्वबजारमा ठूलो असर : इन्धनको मूल्य ६ गुणा घट्दै

विश्वबजारमा तेलयुद्धले ठूलो असर गर्ने भएको छ । तेल उत्पादनबाट निर्भर देशहरुमा आर्थिक संकट सम्म पर्न सक्ने विज्ञहरको तर्क रहेको छ । तर, तेल आयातकर्ता देशहरुलाई भने लाभ मिल्न सक्ने समाचारहरु सार्वजनि भइरहेको छ ।

रुसले अहिलेको तेलको मूल्यलाई स्वीकार गर्न सकिने बताइसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अर्थतन्त्र धानिन सक्ने बताइसकेका छन् । रुसले तेल उत्पादन घटाउन मानेको छैन ।

तेल उत्पादक देशहरुको संगठन ओपेकमा रुस छैन । तर, , ओपेक राष्ट्रहरुको भियना बैठकले रुसलाई अहिलेको संकट टार्न आग्रह गर्ने निर्णय गरेको थियो ।

सन्देश लिएर रुसी मन्त्री मस्को फर्किए । तर, रुस उत्पादन घटाउन तयार भएन । पुटिनको यो कदमले धेरैलाई आश्चर्यमा पार्यो । जवाफमा साउदी अरेबियाले उत्पादन बढायो ।

कोरोना भाइरसका कारण विश्व बजारमा तेलको माग घटेको अवस्था छ । जसका कारण मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ ।

त्यसमाथि साउदी अरेबियाले उत्पादन बढाएर चिनियाँ उपभोक्तालाई प्रति ब्यारल ६ देखि सात डलरमा उपलब्ध गराउने नीति लिइसकेको छ । रुस र साउदी अरेबियाबीचको प्रतिष्पर्धाले तेलको मूल्य ह्वात्तै घट्ने देखिएको छ ।

अमेरिकाले इरानी सैनिक कमाण्डरमाथि आक्रमण गरेपछि इरानले जवाफी हमला गर्दा केही महिना अघिमात्र कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर कटेको थियो ।

यदि प्रतिब्यारल ६ डलरमा झर्दा के होला ? साउदी अबेरियाले प्रतिदिन २० लाख लिटर कच्चा तेल उत्पादन गर्ने तयारी गरेको छ । विश्व बजारमा अत्याधिक उत्पादनले मूल्यमा भारी गिरावट हुने देखिन्छ ।

Smoke rises during a protest after authorities raised gasoline prices, in the central city of Isfahan, Iran, Saturday, Nov. 16, 2019. Demonstrators angered by a 50% increase in government-set gasoline prices blocked traffic in major cities and occasionally clashed with police Saturday after a night of demonstrations punctuated by gunfire. (AP Photo)

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्