सुनको भाउ फेरि तोलामा २ सय बढ्यो, चाँदीको घट्यो
नेपाली बजारमा सुनको भाउले मङ्गलबार फेरि तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भइ नयाँ कीर्तीमान बनाएको छ ।
सुन मङ्गलबार तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ