उपभोक्तामा रहेको त्रास चिर्न होलीको विदामा पनि ग्यास आयात गरिने
उपभोक्तामा रहेको त्रास चिर्न नेपाल आयल निगमले फागुको बिदामा पनि ग्यास आयात गर्ने भएको छ ।
कोरोना त्रासले रित्तो सिलिन्डर भर्न उपभोक्ताहरु लाईनमा बस्न थालेपछि नेपाल आयल निगमले सो निर्णय गरेको हो ।
निगमको आग्रह पछि फागुन २६ र २७ गते सार्वजनिक विदाको दिन पनि ग्यास लोडदिन भारतीय आयल कर्पोरेसन्स तयार भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।