Logo
४ आश्विन २०८१, शुक्रबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीमाथि छुरा हान्न खोज्नेलाई पक्रन गोली प्रहार

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।

शनिबार राति पौने ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो।

कोल्हुवा क्षेत्रमा एउटै मोटरसाइकलमा तीन जना व्यक्ति मापसे गरेर आएका थिए।

रोक्न खोज्दा नमानेपछि प्रहरीले मोटरसाइकल लडाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी दीपक रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्