Logo
३ मंसिर २०८१, सोमबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस संक्रमणका बिरामी राखिएका क्वारेन्टाइन नै भत्कियो, कयौं मानिस पुरिए

कोरोना भाइरसरको उद्गम देश चीनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको एक होटल भत्किँदा ७० जनाभन्दा बढी व्यक्ति पुरिएका छन् । होटल भत्किँदा केही व्यक्ति मृत्यु समेत भएको आशंका गरिएको छ ।

चीनीयाँ अधिकारीका अनुसार भग्नावशेषमा पुरिएका ७० मध्ये ४७ जनालाई उद्धार गरिसकिएको छ । चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार कोरोना भाइरस संक्रमणका बिरामीलाई उपचारका लागि राखिएको होटल भत्किएको हो ।

दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । होटल के कारणले भत्किएको भन्नेबारे पत्ता नलागेको बताइएको छ । आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् ।

चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ ।

 

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्