Logo
४ आश्विन २०८१, शुक्रबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्ति सङ्घर्ष नमिल्दा ‘तिरबितर’ भएका राजावादीहरु एकै ठाउँमा आउँदै

शक्ति सङ्घर्ष नमिल्दा ‘तिरबितर’ भएका राजवादीहरु फेरि एकजुट हुन थालेका छन् ।

हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको ओकालत गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरण हुने भएको छ । थापा, राणा र लोहनीबीच अहिले एकीकरणसबन्धी अन्तिम वार्ता राजधानीमा भैरहेको छ ।

एकीकरणपछि पार्टी भित्र तीन अध्यक्ष हुने राप्रपा स्रोत बताउछ । स्रोतका अनुसार ५५÷४५ अनुसारको पार्टीका जिम्मेवारी भागबन्डा गरिनेबारे शीर्ष नेतृत्व तहमा सहमति जुटाउने प्रयास भैरहेको छ ।

संसदीय व्यवस्थालाई स्वीकार गर्दै संसद् माताहतको संवैधानिक राजसंस्था, हिन्दू राष्ट्र तथा सुदृढ स्थानीय स्वायत्तः शाषनको सैद्धान्तिक मान्यतामा त्रिपक्ष सहमत भइसकेको स्रोत बताउछ ।

यसअघि राणाले नेतृत्व गरेको राप्रपा गणतन्त्रको पक्षमा उभिँदै आएको थियो भने एकीकरणपछि थापा नेतृत्वको राप्रपाले भनेझैँ संवैधानिक राजसंस्थाको पक्षमा उभिन पुगेको छ । अन्तिम वार्ताले एकीकरणको घोषणा बारेसमेत निर्णय लिनसक्ने संम्भावना रहेको स्रोत बताउछ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्