Logo
२ माघ २०८१, बुधबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसभामुख सहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुँदै राजपा, शीर्ष नेताहरु छलफलमा

प्रतिनिधिसभामा उपसभामुख र २ ओटा मन्त्रालय सहित राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जाने भएको छ । यसका लागि सरकारबाटै अनौपचारिक प्रस्ताव आएको बताइएको छ ।

यद्यपी राजपाले कमसेकम ३ ओटा भन्दै ४ मन्त्रालयको दावी राखेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसअघि पनि दुई भन्दा बढी मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा, राजकिशोर यादव, शरदसिंह भण्डारी पनि सरकारमा सहभागी हुन चाहेको कुरा सार्वजनिक भएको छ ।

राजपाका शीर्ष नेताहरु सरकारमा सहभागी हुनेबारे पूनः छलफलमा जुटेका हुन् । स्रोतका अनुसार केही समयअघि मात्रै सरकारमा जाने च्याप्टर क्लोज भएको भनेर बोलेका राजपाका नेताहरु सरकारमा जानेबारे छलफलमा जुटेका छन् ।

सरकारमा सहभागीबारे सबैभन्दा बढी तयारी र दौडधुप राजेन्द्र महतोले गरेका थिए । यसको लागि उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

मन्त्री नपाउने भएपछि राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले चाहीँ सरकारमा जान नहुने भनेर विरोध गरेको भन्नेपनि आरोप लागेको छ ।

राजपाभित्रै कतिपय नेताहरुले भने महन्थ ठाकुरको नेतृत्वमा सरकारमा जानुपर्ने पनि आवाज उठेको छ । उनलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजानेबारे पनि छलफल भएको छ ।

 

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्