Logo
४ आश्विन २०८१, शुक्रबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रास : ठुला होटलको व्यवसाय तहसनहस

कोरोनाको त्रासले होटल क्षेत्र तहसनहस बनेको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले यतिबेला होटलहरु नराम्ररी प्रभावित बनेका हुन ।

काठमाडौँको सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपल मजुम्दारले कोरोना भाइरसका कारण नेपाल भ्रमणका लागि आउने पर्यटक घटेसँगै होटल व्यवसाय प्रभावित भएको बताए ।

उनले पर्यटकको आगमन घटेको र अग्रीम बुकिङ रद्द हुने क्रम समेत बढेको बताए । अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुसँगै राष्ट्रिय स्तरका कार्यक्रमहरु पनि स्थगित हुने क्रम बढेको उनले बताए ।

‘विशेष गरेर चाइना, इरान, जापान लगायतका देशरुबाट घुम्न तथा व्यापारिक हिसाबले नेपाल आउछन । तर कोराना भाइरसका कारणले अहिले ग्राहकहरु रोकिएका छन् । जसका कारणले हाम्रो व्यापार ३५ प्रतिशतले घटेको छ’, उनले भने ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूहरुले उच्च साबधानी अपनाएको मजुम्दारको भनाई छ । उनले भने, ‘ग्राहक तथा स्टाफहरुको सुरक्षाका लागि पहिले नै मेडिकल रुम छ। थप सुरक्षाका लागि प्रत्येक रुप, किचेन, रेस्ट रुपमा स्यानिटाइजर राखेका छौँ ।’

उनका अनुसार स्टाफ तथा ग्राहकहरु होटलभित्र छिर्नु अघि चेक गरिन्छ । यस्तै अन्नपूर्ण होटलका मार्केटिङ म्यानेजर सुअर्पणा शाहीले पनि कोरोनाका कारण स्थानीय र बाह्य कार्यक्रमका लागि होटलको बुकिङ रद्द भइरहेको बताइन ।

अन्तर्राष्ट्रियस्तरका कार्यक्रम रद्द हुनु स्वभाविक भए पनि स्थानीय कार्यक्रमहरु समेत रद्द भइरहेको उनले बताइन । उनले कोरोना भाइरसबाट कसरी बच्ने भन्ने बारे सबै होटलका स्टाफलाई तालिम दिएको र थप सुरक्षाका लागि स्यानिटाइजर तथा मास्कको व्यवस्था पनि गरेको बताइन ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्