Logo
४ आश्विन २०८१, शुक्रबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दातृ निकायको मन जित्दै ओलि सरकार, विदेशबाट आउने सहयोग बढ्यो

चालू आर्थिक वर्ष २०७६/०७७ मा ५ अन्तर्राष्ट्रिय साझेदारबाट नेपाललाई करिब ७३ अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहायता दिने प्रतिवद्धता आएको छ । अर्थ मन्त्रालय वैदेशिक सहायता महाशाखाका अनुसार चालू वर्षमा ७२ अर्ब ९८ करोड २० लाख रुपैयाँ यस्तो सहायता पुगेको हो ।

चालू वर्षमा नेपाललाई सहायता रकम उपलब्ध गराउनेमा विश्‍व बैंक, एसियाली विकास बैंक (एडीबी), जापान, साउदी विकास कोषको कार्यक्रम एसडीएफ र स्वीट्जरल्याण्ड, नर्वे र बेलायतको संयुक्त कार्यक्रमबाट ऋण तथा अनुदान रकमको प्रतिवद्धता आएको छ ।

यी निकायसँग अर्थ मन्त्रालयले विभिन्न मितिमा समझदारी गरेको छ । सबैभन्दा बढी सहायता उपलब्ध गराउनेमा बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक रहेको छ । महाशाखाका अनुसार एसियाली विकास बैंकबाट ४० अर्ब ७९ करोड ७० लाख रुपैयाँ सहायता रहकम रहेको छ । यो सबै ऋण रकम हो । २४ मंसिर २०७६ मा गरिएको दुई पक्षीय समझदारीअनुसार ४ क्षेत्रमा यो रकम ऋणको रूपमा दिइनेछ ।

सडकतर्फ २२ अर्ब २२ करोड २० लाख रुपैयाँ, पुनर्निर्माणमा ७ अर्ब १७ करोड ९० लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछ । त्यस्तै, ग्रामीण विकासतर्फ ५ अर्ब ६० करोड ८० लाख र कृषि सुधार कार्यक्रममा ५ अर्ब ६० करोड ८० लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्