Logo
८ माघ २०८१, मंगलबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार राजीनामा दिएर बुधवार पुनः मन्त्री बनेका डा. खतिवडाले सम्हाले अर्थ र संचारको कार्यभार

मंगलबार राजीनामा दिएर बुधवार पुनः नियुक्त भएका डा. युवराज खतिवडा अर्थमन्त्रीले अर्थमन्त्रीको रुपमा कार्यभार सम्हालेका छन् । खतिवडाले अपराह्न सपथ लिए लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका डा.  खतिवडा २४ घन्टा नबित्दै फेरि त्यही पदमा फर्किएका छन् ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै उनले भने, ‘विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो ।’

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् ।

उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा खतिवडालाई अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन ।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतकाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्