Logo
३ मंसिर २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिएको २४ घन्टा नबित्दै डा. खतिवडाले पुनः गरे अर्थमन्त्रीको पदभार ग्रहण

काठमाडौं : मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा २४ घन्टा नबित्दै फेरि त्यही पदमा फर्किएका छन् ।

खतिवडाले अपराह्न सपथ लिए लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै उनले भने, ‘विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो ।’

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्