Logo
८ माघ २०८१, मंगलबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजीनामा, आजै पुनः नियुक्ति र सपथ

सफल र विज्ञ अर्थमन्त्रीको उपमा पाएका डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिएको छ । त्यसको केहीघन्टा अघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

खतिवडाले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

यद्यपि पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर फर्किने क्रममा उनले राजीनामाबारे प्रष्ट जवाफ दिएका थिएनन् ।

पुनः नियुक्तिको तयारी

तर उनको पुनः नियुक्त हुने तयारी रहेको छ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

उच्च समाचार स्रोतका अनुसार उनको पुन: नियुक्ति र सपथ आज नै हुने छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्