Logo
२ माघ २०८१, बुधबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोल्डेन स्टार क्लब र कोचिला खबर बीच सहमति

सुनसरीको दुहबीमा मंगलबार श्रीगोल्डेन स्टार क्लब र कोचिला खबर बीच सहमति भएको छ। पत्रकार माहासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्काको समन्वयमा भएको छलफलमा गोल्डेन स्टार क्लबका अध्यक्ष पशुपति सरदारले आफ्नो क्लबको अनुकुल समाचार न आउँदा आफूहरु दुखि भएर पत्रकार प्रेम गिरि र अकवर अलिले पैसा मागेको कुरा बोलेको बताए ।

छलफलमा दुहबी ७ का वडाअध्यक्ष बिजय चौधरीले काम गर्दै जादा कहिलेकाही गाउँमा केही प्राबिधिक गडबडी हुन सक्ने भन्दै तेस्ता कुरालाई सच्याउनु पर्नेमा जोड दिए । छलफलको क्रममा पत्रकार खड्काले प्रमाण बिनाको कसैले कसैलाई आरोप लाउन न पाउने र कुनै आग्रह पुर्बाग्रह न राखी सधै सत्य तथ्यमा आधारित भएर समाचार लेख्नु पर्नेमा जोड दिए । समाजसेवि एबम सुनसरी-मोरङ सिचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वासका अनुसार जे जस्तो भए पनि एउटै समाजमा बसेपछि मिलेर जानू पर्नेमा जोड दिएका थिए ।

सेवा महिला कृषक समूहकि अध्यक्ष चन्द्रकला बिश्वासले सम्पुर्ण घटनाको बिबरण बताउदै कमि घटीलाई सुधार गर्नु पर्ने
बताइन् । उक्त छलफलमा कोचिला खबरका प्रबन्धक अकवर अलिले गोल्डेन स्टार क्लबलाइ कहिले झोले संस्था न भनेको तर सुनसरीमा केही झोले संस्थाहरु रहेको बताउदै गोल्डेन स्टार क्लबको आयोजनामा भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुले सामान्य ज्ञान समेतको उत्तर दिन न सकेपछि वडाको बजेटको सदुपयोग हुन न सकेको समाचार लेखेको बताए । पत्रकार प्रेम गिरिले सबैलाई प्रश्न सोध्न पाउनु र सहि समाचार लेख्न पाउनु पत्रकारको हक भएको बताउदै सधै स्वतन्त्र भएर कलम चलाउने बताए । छललफलको अन्त्यमा गोल्डेन स्टार क्लबका अध्यक्ष पदाधिकारीहरु र कोचिला खबरका पदाधिकारीहरुले एक अर्का सग हाथ मिलाएर सौहाद्रपुर्ण बाताबरणमा छुटेका थिए । अब प्रमाण बिनाको समाचार लेख्ने पत्रकार साथिहरु के गर्लान् ? पत्रकारहरुले जस्ले जे भनो तेहि लेख्नु हुदैन ! प्रमाण सहित लेख्नु पर्छ !

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्