राष्ट्रियसभाबाट १८ सांसदको विदाइ, अध्यक्ष तिमिल्सिनाले दिए धन्यवाद
काठमाडौं : राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।
आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीहरुले सरकारलाई थप जिम्मेवार बन्दै जनताको सवालमा खरो उत्रिन, भ्रष्टाचार न्यूनीकरण गरि शुसासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरे ।
अध्यक्ष गणेश तिमिल्सिनाले २ वर्षे पदावधि कायम भएका सांसदलाई यस अवधिमा पु¥याएका योगदानका लागि धन्यवाद दिए ।
राष्ट्रियसभाले मंगलबार विदाइ हुने सबै सांसदलाई बोल्न ५ मिनेट समय दिएको थियो ।
मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् ।