प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न अर्थमन्त्री खतिवडा पुगे टिचिङ
काठमाडौं : अर्थ सञ्चार तथा सूचनामन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् ।
मृगौला प्रत्यारोपणका लागि हिजो सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बुझ्न खतिवडा त्यहाँ पुगेका हुन् ।
डा. खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार (आज) सकिँदैछ । तर प्रधानमन्त्री केपी शर्मा ओलीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको तर्फबाट डा. खतिवडालाई नै पुनःनियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी भएको छ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो ।