प्रधामन्त्रीको अन्तिम डाइलासिस गरियो, प्रत्यारोपणको समय बेलुकासम्ममा टुंगो लाग्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम डायलाइसिस आज गरिएको छ ।
प्रधानमन्त्री ओलीका मृगौला प्रत्यारोपणका लागि हिजो सोमबार अस्पताल भर्ना भएका थिए । त्रिवि शिक्षण अस्पताल (टिचिङ) का निर्देशक डा. प्रेम कृष्ण खड्गाले आज बिहान करिब १० बजे मृगौलाको डाइलासिस गरिएको बताए ।
“प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण कुन समयदेखि सुरु गर्ने भनेर अझै समय टुगिएको छैन,” उनले भने “प्रधानमन्त्री ओलीको अहिले प्रत्यारोपण अगाडि गरिने विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ ।”
भोलि कुन समयमा मृगौला प्रत्यारोपण गर्ने भने आज ४ बजे उपचारमा संलग्न चिकित्सकहरू र सर्जनहरूको छलफलले समयको टुगो लगाउँने अस्पतालले स्रोतले बताएको छ ।
मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडि रगतमा हुने टक्सिनहरू निकाल्न पनि ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।