Logo
१० मंसिर २०८१, सोमबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप प्रतियोगिता हुँने

प्रेम गिरी
दुहबी, २० फागुन
सुनसरीको दुहबीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप प्रतियोगिता हुँने भएको छ ।
मंगलवार दुहवीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला डोरीतान संघका अध्यक्ष निश्चलराज शाक्यले दोश्रो
अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता गर्न लागिएको जानकारी दिएका छन ।

सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा फागुन २३ गते हुँने डोरीतान गोल्डकप प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरि १० ओटा टिमको सहभागिता रहँने जनाइएको छ । फागुन २४ गते सेमीफाइनल र फाइनल खेल हुँने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डोरी तान संघका केन्द्रिय उपाध्यक्ष सुभासश्री पोखरेलले प्रचार प्रसारको अभावमा ओझेल परेको यो खेललाइ अन्य खेलकुद जस्तै संरक्षण र प्रर्वधन गर्नुपर्नेमा जोड दिएका छन ।

अहिले नेपालभर ३२ जिल्लामा डोरी तान संघ गठन भएको तथा सुनसरी–मोरङका सबै स्थानिय तहमा गठन भएकोले २ वर्ष भित्रमा नेपालभर प्रदेश, जिल्ला र स्थानिय तहमा विस्तार गरिने पोखरेलले जनाए । सुनसरी जिल्ला डोरी तान संघ र मनमोहन स्पोर्टस एकेडेमी तथा मोरङ डोरी तान संघको सहकार्यमा हुँने अन्तराष्ट्रिय डोरीतान गोल्डकप प्रतियोगितामा ३६ लाख ७२ हजार ८ सय खर्च हुँने आयोजकले जानकारी दिएको छ । सो प्रतियोगिताको निर्णय लिग र नकआउट गरि विभिन्न चरणमा हुँने बताइएको छ ।

सो प्रतियोगितामा प्रथम हुँने टिमलाइ नगद एक लाख ट्रफी मेडल तथा प्रमाण पत्र र दोश्रो हुँने टिमलाइ नगद रु पचास हजार ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । सुनसरी जिल्ला डोरीतान संघले दुहबीमा १ वर्ष अगाडी नेपालमै पहिलो अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता गरिसकेको छ । सो प्रतियोगितामा नेपालको विभागिय टोलि शसस्त्र प्रहरीले भारतको विहारलाइ पराजित गर्दै उपाधि चुमेको थियो ।

बिश्वकै पूरातन खेल मध्येको एक डोरीतान खेलमा दुबै
तर्फबाट ८–८ जना खेलाडी सहभागि हुन्छन । खेलको नियमअनुसार ८० फिटको डोरीलाइ दुबै तर्फबाट एक अर्काले तानेर आफ्नो तर्फ डोरी तान्न सफल हुँने खेलाडीहरुले जित हासिल गर्छन । खेलमा एकतर्फका ८ जना खेलाडीहरु ६०० केजि भन्दा बढि तौल हुँन न पाउँने नियम छ । नेपालमापनि यो खेलको प्रर्वधन गर्न राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त, टग अफ वार अन्तराष्ट्रिय माहासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ गठन गरिएको हो । पत्रकार सम्मेलनमा कार्यक्रममा डोरितान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरी,मोरङ जिल्ला डोरीतान संघका अध्यक्ष रिता न्यौपाने, डोरीतान संघ सुनसरी–मोरङका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो। सुनसरी जिल्ला डोरी तान संघका सचिव युवराज चौधरीले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्