Logo
२ माघ २०८१, बुधबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्रभावित : राष्ट्र बैंक

काठमाडौं : विश्वका केही देशहरूमा फैलिरहको कोरोना भाइरसको संक्रमणका कारण नेपाल राष्ट्र बैंकले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने बताएको छ ।

बैंकले छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्तता र फैलिरहको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने जनाएको हो ।

राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने जनाएको हो । आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने कारणहरूमा राष्ट्र बैंकले कोरोना भाइरस र विश्व अर्थतन्त्रमा आएको सुस्तताको अलवा धान उत्पादनमा आएको कमीलाई कारण देखाएको छ ।

यद्यपि, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा अपनाइने तदारुकता तथा प्रदेश एवं स्थानीय तहमा हुने विकास-निर्माणका कारण निर्माण एवम् सेवा क्षेत्रका क्रियाकलाप विस्तार भई उच्च आर्थिक वृिद्धले भने निरन्तरता पाउने राष्ट्र बैंकले जनाएको छ ।

गत माघ अन्तिम साता अर्थमन्त्री युवराज खतिवडाले चालु आवको बजेटको अर्धवार्षिक समीक्षामार्फत चालु आवको बजेटलाई संशोधन गरेका थिए तर आर्थिक वृद्धिको भने लक्ष्यनजिक नै हासिल हुने बताएका थिए ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्