Logo
४ आश्विन २०८१, शुक्रबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो घरकर्जाका लागि राष्ट्र बैंकको खुकुलो नीति

आवासीय घरकालागि राष्ट्र बैंकले खुकुलो नीति लिएको छ। चालु बर्षको मौद्रिक समीक्षा गर्दै राष्ट्र बैंकले आवासीय घरका लागि खुकुलो नीति लिएको हो।

पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्याइएको छ। यसअघि ५० प्रतिशत थियो। यो भनेको कुल आम्दानीको ६० प्रतिशत रकम किस्ता तिर्न छुट्याउन पाइन्छ भन्ने हो।

यसमा कडाइ गर्दा मध्यमवर्गीय परिवारका लागि घर निर्माण तथा खरीदका लागि समस्या भएको थियो। जसले गर्दा ऋण लगानी पनि सुस्त देखिएको थियो।

पहिलो घरका लागि आम्दानीको स्रोत पनि खुकुलो पारिएको छ। साथै ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन तथा साना तथा मझौला पेशा ब्यवसायका लागि दाखिल कागजातका आधारमा कर्जा दिन तथा नवीकरण गर्न सकिने ब्यवस्था छ।

पहिले यस्तो कर्जामा कडाइ थियो। कर कार्यालय र बैंकमा बुझाइने विवरण एउटै हुनु पर्ने ब्यवस्थाका कारण साना तथा मझौला ब्यवसायी अप्ठेरोमा परेका थिए।

जसले गर्दा ऋण लगानी सुस्त भएको थियो। यससँगै २ करोडभन्दा तल ऋणमा कडाइ नहुने भएको छ। रियलस्टेट कम्पनीहरुले सञ्चालन गरेका परियोजनामा पनि ऋण सुविधा सहज बनाइएको छ।

राजधानीभित्र ऋण मूल्य अनुपात ५० प्रतिशत तोकिएको छ भने बाहिर ६० प्रतिशत तोकिएको छ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्