Logo
४ आश्विन २०८१, शुक्रबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबालाई झुम्का कारागार चलान


बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

गिरीले जिल्ला अदालत सुनसरीमा पुगेर मंगलवार आत्मसमर्पण गरेका हुन् ।

जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपनि उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

सोही आदेशपछि पक्राउ पर्ने डरले सिद्धबाबा अदालतमा हाजिर भएका हुन् ।
अदालतमा आत्मसमर्पणपछि उनलाई झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्माले जानकारी दिए ।

‘उहाँ अदालतमा उपस्थित हुनुभएको रहेछ, त्यहाँबाट पक्राउ गरी उहाँलाई झुम्का कारागार चलान गरिएको छ,’ डीएसपी शर्माले भने ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्