Logo
२ माघ २०८१, बुधबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइसको कारण नेकपाको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगित गरेको छ ।

नेकपा कन्द्रीय कमिटीका निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले गर्दा यो कार्यक्रम स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

उनले ‘अहिले यस्तो अवस्थामा भेला तथा बैठक गर्न उपयुक्त नहुने देखेर पुर्व निर्धा्रित कार्यक्रम स्थगित गरिएको हो ।उपयुक्त समयमा फेरि अर्को निर्णय गरेर कार्यक्रम राखिनेछ’ भनी  जानकारी दिए ।

पशिक्षणका लागि नेकपा अगुवा कार्यकर्ता झापा पुगिसकेका थिए । नेकपाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा आयोजना गरेको थियो ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्