कोरोना भाइरसका कारण विश्वको अबस्था ‘अज्ञात’ : WHO
बर्तमान समयमा विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइसरको कारण अब विश्वको अवस्था के होला भनेर अनुमना गर्न सकिने अबस्थामा पुगेको विश्व स्थास्थ्य सङ्गठनले बताएको छ ।
सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोभिड–१९ अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको लागि सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् ।
सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ ।
कोरोनाको संक्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको गेब्रेयसिसले स्पष्ट पारेका छन् ।
चीनको वुहान सहरबाट सुरु भएको कोरोनाको भाइरसको संक्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट ३ हजार १ सय २५ जनाको मृत्यु भइसकेको छ ।
गएको २४ घण्टामा चीनमा थप ३२ र दक्षिण कोरियामा ६ जना गरि ३८ जनाको मृत्यु भएको छ भने चीन, दक्षिण कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ संक्रमित भेटिएको छ ।
९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । ९० हजार ३ सय ३१ जनामा संक्रमण भएको छ । त्यस्तै ४८ हजार १ सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म मृत्यु भएको धेरैै जना ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उमेर मुनिका कसैको पनि मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।