Logo
३ मंसिर २०८१, सोमबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खरीपाटी क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि

चीनको वुहानबाट उद्दार गरेर भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरेको थियो ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्