Logo
३ मंसिर २०८१, सोमबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथामका लागि सरकारलाई अन्तराष्ट्रिय उडान रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्रा्ष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए ।

त्यसमा सुनुवाई गर्दै सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा स्थलमार्ग र त्रिभवुन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट प्रवेश गर्नेहरुको कडाईका साथ स्वास्थ्य जाँच गर्न भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू ।’

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्