नेकपाका शीर्ष नेता सुदुरपश्चिम प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न धनगडी प्रस्थान
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु पार्टीको सुदुरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन कैलालीको धनगढी पुगेका छन् ।
पार्टी्भित्रको आन्तरिक द्वन्द्व चर्किरहँदा नेताहरु सुदुरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणमा जुटेका हुन् ।एकताको भावना बमोजिम पार्टीलाई सुदृढ बढाउने केन्द्रीय कमीटि बैठकको म्यान्डेट बमोजिम नेकपा कार्यकर्ता भेला तथा प्रशिक्षणमा लागेको हो
प्रशिक्षण कार्यक्रमलाई नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा सुदरपश्चिम ईन्चार्ज एवंम स्थायी समिति सदस्य भीम रावल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । योे पशिक्षण कायक्रमलाई महाधिवेशन पूर्वतयारीको रुपमा समेत बुझिएको छ ।