Logo
२७ पुस २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिथिला परिक्रमाका यात्री होली मनाउँदै, फागु पूर्णिमाको दिन सम्पन्न हुने

मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुगेको छ । शनिवार महोत्तरीको ध्रुवकुण्डमा बासबसेका परिक्रमा यात्री आइतबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुगेको हो ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट धनुषाको कचुरी स्थित मिथिलाविहारी मन्दिरबाट सुरु हुने महाकुम्भ परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर अन्तरगृह परिक्रमा गरि फागु पूर्णिमाको दिन सम्पन्न हुनेछ ।

आज परिक्रमा यात्रु कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचामा बाँस बस्छन् । यो परिक्रमाको आठौ पडाव स्थल हो ।परिक्रमामा सहभागिहरु एकअर्कालाई रंग अविर लगाइ होली खेल्दै नाचगान गरीि रमाइरहेका छन् ।

कञ्चनवनमा त्रेतायुगमा भगवान राम सीताले होली खेलेको धार्मिक विश्वास छ । कञ्चनवन आएका परिक्रमा यात्रीलाई भंगहा नगरपालिका लगयात स्थानीयहरुले भव्य स्वागत गरेका छन् ।

भंगहा नगरपालिका प्रमुख संजिवकुमार साहले परिक्रमा सहभागी साधुशन्तलाई फुलमाला र अविर लगाइ सावगत गरेका छन् । सोही अनुसार यहाँ मिथिला परिक्रमा आइपुगेपछि होली खेल्ने परम्परा छ ।

यहाँ होली खेलेपछि मिथिलाञ्चल लगायत तराई मधेशमा विधिवत होली पर्व सुरुवात हुने गर्दछ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्