सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड
चितवन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् ।
संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाइ प्रधानमन्त्रीले मान्नै पर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीजीले मान्नै पर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’
तर प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोर्होयाउन चाहनु भएको छ नि भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।’